यस पेजमा, अध्यागमन विभागको कार्यालयबाट, जापान प्रवेश गरेका नयाँ विदेशी नागरिकहरुले जान्न आवश्यक बिषयवस्तुहरुको बारेमा जानकारी दिनेछौ।
जापान प्रवेश गर्ने समयमा वितरण गर्ने कागपत्रहरु यहाँ रहेको (PDF) छ।
कोभिड-19 संक्रमणबाट प्रभावित विदेशी नागरिकहरू जापानबाट बाहिर जाँदा र जापानमै हुनुभएकाहरुको लागि विभिन्न उपायहरूको सम्बन्धमा कोभिड -19 संक्रमण सम्बन्धित जानकारीहरु हेर्नुहोस् ।
आप्रवासन ब्यूरोको इमेल मार्फ़त उपयोगी जानकारीहरु प्रदान गरिरहेका छौ ! अध्यागमन विभागको कार्यालयले प्रदान गर्ने इमेल सेवा दर्ता गर्ने यहाँबाट।
जापान प्रवेश गर्ने समयमा जापानमा बस्न दिइने अनुमति अनुसार बसाइ समय अवधि पनि निर्धारण गरिएको हुन्छ। यो निवास समय अवधि सकिने दिननै बसाइ अवधि समाप्त हुने मिति हो।
बसाइको समय अवधि र बसाइ समय अवधि समाप्त मिति (बसाइ समय अवधि सकिने दिन) तपाईंको राहदानीमा टाँसिएको सिल वा तपाईंको निवास कार्ड बाट चेक गर्न सक्नुहुनेछ।
यदि तपाइँ जापान बसाइको समय समाप्त अवधि भन्दा बढी समय जापानमा रहन चाहनुहुन्छ भने, समय अवधि समाप्त हुनु अगावै आवश्यक प्रक्रियाहरु पूरा गर्नुहोस्।
जापानमा जुन उद्देश्यले रहेको हुन्छौ त्यसमा कुनै परिवर्तन भएको छैन, र जापानमा बसाइ अवधि भन्दा लामो समयसम्म बस्न चाहानुहुन्छ भने आफ्नो बसाइ अवधिको नवीकरण गर्नआवेदन दिन आवश्यक पर्दछ।
जापानमा गतिविधिहरु परिवर्तन गरेर, यदि तपाई जापानमा बस्न चाहानुहुन्छ भने तपाईंले निवासको स्थिति परिवर्तन गर्नका लागि अनुमति लिन आवश्यक पर्दछ।
जापानमा रहने समयअवधिको नवीकरण गर्ने अनुमति अथवा निवास योग्यतमा परिवर्तनको आवेदनका लागि आवश्यक शर्तहरु पूरा गर्नुभयो भने आवेदन अनलाइन मार्फ़तबाट पनि दिन सक्नु हुनेछ।
विस्तृत विवरणहरूको लागि, आवेदनको अनलाइन प्रक्रिया पेज हेर्नुहोस्।
आपराधिक गतिविधि (चोरी, दुर्घटना, लागु औषधआदि सम्बन्धि) को अपराधिक क्रियाकलापको सजाय पाएको खण्डमा जबर्जस्ती देश निकाला (ज़बर्जस्ती देश फिर्ता पठाउनु) पनि हुनसक्छ।
निवास कार्ड छ भन्दैमा काम गर्न पाउँछ भन्ने होइन।
जापानमा काम गर्नको लागि काम गर्न अनुमति भएको निवास योग्यता अथवा अन्य गतिविधिहरु गर्न सकिने अनुमति लिएको हुनुपर्दछ।
विस्तृत जनकारी लागि नजिकैको क्षेत्रिय अध्यागमन विभागको कार्यालय अथवा विदेशी निवासी सूचना केन्द्रमासम्पर्क गर्नुहोस्।
विदेशी विद्यार्थीहरू तथा परिवारको भिसामा रहनु भएकाहरुले पार्ट टाईम जब गर्नुपर्ने भएको खण्डमा, अन्य गतिविधिहरु गर्न सकिने अनुमति लिन आवश्यक छ।
सामान्यतया, अन्य गतिविधिहरु गर्न सकिने अनुमति लिनुपर्ने हुन्छ तर यो अनुमतिले काम गर्न पाउने भनेको प्रति हप्ता 28 घण्टा सम्म काम गर्न सकिने छ।
* विदेशी विद्यार्थीहरुले विद्यालयले तोकेको बिदाको समय (जस्तै गर्मी बिदा) मा 1 दिनमा 8 घण्टा सम्म काम गर्न सकिने छ ।
अनुमति को दायरा भन्दा बढी काम गरेको खण्डमा बाहिर काम, बसाइ अवधि नवीकरण गर्न असक्षम हुनु पनि सक्नेछ। ख़्याल गरौं।
जापान प्रवेश गरे पछि नयाँ मध्ययम तथा लामो अवधिको निवासी हुनुहुन्छ भने, तपाईंको निवास स्थान तय गरेको दिन देखि 14 दिन भित्रमा निवास कार्ड (नोट) प्राप्त गरि आफु बस्ने ठाउँको नगरपालिका कार्यालयमा निवास सूचना बुझाऊनुहोस्।
(नोट) राहदानीमा “निवासी कार्ड पछि जारी” लेखेको छ भने, यो प्रक्रिया पूरा गर्न राहदानी सँगै लिएर जानुहोस् र प्रक्रिया पुरा गर्नुहोस्।
यो सूचना, सामान्यतया नियम अनुसार आफैले बुझाउनु पर्दछ, तर सँगै बस्ने परिवारका सदस्यहरु वा आफुले अनुरोध प्राप्त गरेको व्यक्तिले पनि तपाईको सट्टामा बुझाइदिन सक्नेछन ।
विस्तृत जानकारीको लागि नजिकको नगरपालिकाको कार्यालयमा सम्पर्क गर्नुहोस्।
नगरपालिकाको कार्यालयमा सूचना बुझाएपछि, माइ नम्बर कार्ड जारी गर्नको लागि आवेदन दिन सकिने छ । कम्प्युटर तथाा स्मार्ट फ़ोन, पोस्टअफिसबाट आवेदन दिन सकिनेछ। माइ नम्बर कार्ड, तपाई आफ़ु बसेको नगरपालिकाको बासिन्दा हो भनी प्रमाणको रूपमा, सामाजिक सुरक्षा, करका प्रक्रियाहरू, र बच्चा हुर्काउनको लागि विभिन्न प्रशासनिक प्रक्रियाहरू आदिको आवेदनको लागि अनलाइन बाट गर्न सकिनेछ।
विस्तृत जानकारीको लागि, कल सेंन्टर (0120-0178-27)( अंग्रेजी भाषा, चीनियाँ भाषा, कोरियन भाषा, स्पेनिश भाषा, पोर्चुगिज भाषा हरु पनि उपलब्ध छ) मा सम्पर्क गर्नुहोस्।
रोजगारि वा विदेशी विध्यार्थीको निवास योग्यतामा बसोबास गर्नुभएका व्यक्ति, आबद्ध संस्था (रोजगारी गर्ने कम्पनी अथवा पढ्ने स्थान) को नाममा परिवर्तन, स्थानमा परिवर्तन , खारेज (डुब्ने आदि) भएक़ो खण्डमा आबद्ध संस्थाबाट सेवानिवृत्ति अथवा सम्झौता समाप्त ( काम छोड्नु / दिक्षित हुनु / अध्ययन बिचमै छोड्नु आदि) भएमा आर्को संस्था मा सरेमा वा नयाँ सम्झौता (नया काम शुरू गर्ने , भर्ना गर्ने, आदि) गरेको खण्डमा आबद्ध संस्थाहरू सँग सम्बन्धित सुचना बुझाउन आवश्यक छ।
परिवारको भिसामा बस्ने वा जापानी नागरिकको पति/पत्नी वा स्थायी निवासीको जीवनसाथीको रूपमा बस्नु भएका व्यक्ति, जीवनसाथी सँग को सम्बन्ध विच्छेद अथवा मृत्यु को कारणले बेग्लै बसेको खण्डमा जीवनसाथी सम्बन्धि सूचना बुझाउन आवश्यक छ।
साथै, यो सूचना दिने प्रक्रियाहरु अनलाइन मार्फत पनि गर्न सक्नुहुन्छ।
विस्तृत जानकारीको लागि कृपया इलेक्ट्रोनिक सूचना प्रणाली पोर्टल साइट चेक गर्नुहोस्।
रोजगार कम्पनीबाट अनुचित रूपमा बर्खास्त हुदा आदि जापान बसाइमा कुनैपनि समस्या आइपरेको समयमा, कृपया एक्लै चिन्ता लिएर नबस्नुहोस साथै तलकों परामर्श केंद्रबाट सल्लाह लिनुहोस्।
विदेशी जीवनयापन साहायता पोर्टल साइट
अध्यागमन विभागको कार्यालयले प्रदान गर्ने इमेल सेवा
जापान बसाइ सुरक्षितका साथ रहनको लागि, कोभिड -19 संक्रमण रोगको विरूद्ध उपायहरूको बारेमा हामी केहि साइटहरू परिचय गराउँदछौं, कृपया विभिन्न जानकारीहरु लिन प्रयोग गर्नुहोस्।