• TOP
  • हाम्रो बारेमा
  • सूचना प्रशारण
  • अध्यागमन विभाग आप्रवास नियन्त्रणको कार्यालय/क्षेत्रिय अध्यागमन विभाग आप्रवास नियन्त्रण कार्यालयको सार्वजनिक SNS प्रयोग नीतिका सम्बन्धमा

अध्यागमन विभाग आप्रवास नियन्त्रणको कार्यालय/क्षेत्रिय अध्यागमन विभाग आप्रवास नियन्त्रण कार्यालयको सार्वजनिक SNS प्रयोग नीतिका सम्बन्धमा

अध्यागमन विभाग आप्रवास नियन्त्रण कार्यालयको सार्वजनिक गतिविधिहरू लाई अझ बृद्धि गर्न अध्यागमन विभाग आप्रवास नियन्त्रणको कार्यालय तथा क्षेत्रिय अध्यागमन विभाग आप्रवास नियन्त्रण कार्यालयको आधिकारिक ट्वीटर तथा फेसबुक ( तल SNS भनिएको छ । ) एकाउन्ट बनाएर सूचना सम्प्रेषण गर्नेछौ ।
SNS मार्फत जानकारीहरु प्रदान गर्दा, यस एकाउन्ट संचालन गर्ने क्रममा निम्नलिखित नीतिहरु अनुसार गर्नेछौं । अध्यागमन विभाग आप्रवास नियन्त्रण कार्यालयको सार्वजनिक गतिविधिहरू लाई अझ बृद्धि गर्न अध्यागमन विभाग आप्रवास नियन्त्रणको कार्यालय तथा क्षेत्रिय अध्यागमन विभाग आप्रवास नियन्त्रण कार्यालयको आधिकारिक ट्वीटर तथा फेसबुक ( तल SNS भनिएको छ । ) एकाउन्ट बनाएर सूचना सम्प्रेषण गर्नेछौ ।
SNS मार्फत जानकारीहरु प्रदान गर्दा, यस एकाउन्ट संचालन गर्ने क्रममा निम्नलिखित नीतिहरु अनुसार गर्नेछौं ।

१. आधारभूत नीति

अध्यागमन विभाग आप्रवास नियन्त्रणको कार्यालयको कार्यसंचालन आदिका बारेमा जानकारीको प्रसार गरेर अध्यागमन विभाग आप्रवास नियन्त्रणको कार्यालयको सार्वजनिक गतिविधिहरू बढाउनुका साथै प्रयोगकर्ताहरु र अध्यागमन विभाग आप्रवास नियन्त्रणको कार्यालयको कार्यसंचालनका बारेमा राम्रो सँग बुझ्ने गरि जानकारीहरु दिदै प्रयोगकर्ताहरूको प्रयोग सुविधालाई सुधार गर्नु मुख्य उद्देश्य रहेको छ ।

२. एकाउन्टको जानकारी

१. Twitter
मुख्य सञ्चालन एकाउन्टको नाम Twitter लिंक
न्याय मन्त्रालय आप्रवास निवासी नियन्त्रण विभाग MOJ_IMMI
साप्पोरो इमिग्रेशन ब्यूरो IMMI_SAPPORO
सेन्दाई इमिग्रेशन ब्यूरो IMMI_SENDAI
टोक्यो इमिग्रेशन ब्यूरो IMMI_TOKYO
टोक्यो इमिग्रेशन ब्यूरो
नरिता एयरपोर्ट शाखा
IMMI_NARITA
टोक्यो इमिग्रेशन ब्यूरो
हानेदा एयरपोर्ट शाखा
IMMI_HANEDA
टोक्यो इमिग्रेशन ब्यूरो
योकोहामा शाखा
IMMI_YOKOHAMA
नागोया इमिग्रेशन ब्यूरो IMMI_NAGOYA
नागोया इमिग्रेशन ब्यूरो
च्यूबू एयरपोर्ट शाखा
IMMI_CHUBU
ओसाका इमिग्रेशन ब्यूरो IMMI_OSAKA
ओसाका इमिग्रेशन ब्यूरो
खान्साई एयरपोर्ट शाखा
IMMI_KANSAI
ओसाका इमिग्रेशन ब्यूरो
कौबे शाखा
IMMI_KOBE
हिरोसिमा इमिग्रेशन ब्यूरो IMMI_HIROSHIMA
थाकामाचु इमिग्रेशन ब्यूरो IMMI_TAKAMATSU
फुकुओका इमिग्रेशन ब्यूरो IMMI_FUKUOKA
फुकुओका इमिग्रेशन ब्यूरो
नाहा शाखा
IMMI_NAHA
हिगासि निहोन(पुर्बी जापान) अध्यागमन केन्द्र IMMI_HIGASHI
ओमुरा अध्यागमन केन्द्र IMMI_OMURA

२. Facebook
मुख्य सञ्चालन एकाउन्टको नाम Facebook लिंक
न्याय मन्त्रालय आप्रवास निवासी नियन्त्रण विभाग ImmigrationServicesAgency.MOJ
नागोया इमिग्रेशन ब्यूरो
परीक्षा व्यवस्थापन विभाग स्वीकृति वातावरण समायोजन अधिकारी
nagoya.nyukan.support नागोया इमिग्रेशन ब्यूरो
(निवास समर्थन)
फेसबुक पेज

३. पोष्ट गर्ने व्यक्ति

न्याय मन्त्रालय आप्रवास निवासी नियन्त्रण विभाग तथा स्थानीय आप्रवासन नियन्त्रण अधिकारी

४. पोष्ट गर्ने समय

सामान्यत:कार्यलय खुल्ने समय भित्र कर्मचारीले अनियमित रूपमा पोष्ट गदर्छन्। यद्यपि, कार्यालय बन्द भएको समयमा पनि आवश्यकता अनुसार पोष्ट पनि सकिन्छ।

५. ध्यान दिनुपर्ने कुराहरु

  1. यस एकाउन्टमा रिप्लाई, रिटुइट आदि मार्फत आफ्नो विचार वा सोधपुछ गर्नु भएपनि हामी त्यसकाे जवाफ दिन सक्दैनौं। कृपया बुझिदिनुहोस्।
    र्सोधपुछ, राय, प्रश्नहरू आदिका लागि कृपया यहाँबाट हामीलाई सम्पर्क गर्नुहोस।
  2. सामान्यतः हामी यस खाताबाट पछ्याउने वा रिट्वीट गर्ने छैनौं। यद्यपि हामी आवश्यक अनुसार राष्ट्रिय र स्थानीय सरकारहरूको एकाउन्टलाई पछ्याउन भने सक्छौं।
  3. यस एकाउन्ट चलाउने क्रममा, यदि कुनै कारण बस कुनै असुविधा भयो भने, कुनै सूचना बिना नै यस एकाउन्टलाई रोक्न सकिन्छ र सूचनाको सामग्रीहरु परिवर्तन गर्ने, मेटाउने अथवा यस एकाउन्ट नै हटाउन पनि सक्छौं।
  4. यस खाताबाट पोष्ट गरिएको कुराहरु “ व्यक्तिगत प्रयोजनको लागि पुन: प्रिन्ट गर्ने “, वा “ उद्धरण “ गर्ने जस्ता प्रतिलिपि अधिकार कानून द्वारा अनुमति दिइएको अवस्थामा वा ट्विटरको आधिकारिक फंक्सनको प्रयोग गरि लेखिएको कुराहरुलाई परिमार्जन नगरी अथवा साभार लेख्ने देखि बाहेक, अनुमति बिना कपि - पेस्ट गर्न, वा अन्त पोस्ट गर्न पाइने छैन।
  5. टिप्पणीहरु आदि सम्बन्धीत पोस्टको आधिकार, पोस्ट गरेको प्रयोगकर्तामा हुन्छ तर, पोस्ट गरिएको कुराहरुको सम्बन्धमा प्रयोगकर्ताले हाम्रो कार्यालय लाई विश्वव्यापी रुपमा निशुल्क गैर-विशेष प्रयोगको अधिकार प्रदान गरेको मानिने छ। साथै, हाम्रो कार्यालय विरुद्ध प्रतिलिपि अधिकार आदिको प्रयोग नगर्न सहमत भएको पनि मानिनेछ।
  6. यस परिचालन निति कुनै सूचना बिना परिवर्तनको हुन पनि सक्छ।

६. उत्तारदाही नहुने

  1. यस एकाउन्टमा अत्यन्त सावधानीका साथ पोष्ट गरिन्छ। तर सुचनाको शुद्धता, पूर्णता वा उपयोगिताको ग्यारेन्टी गर्न सकिदैन।
  2. निम्न कुराहरुको विषयमा, कानुन मन्त्रालय आप्रवास निवासी नियन्त्रण विभाग तथा स्थानीय आप्रवासन र निवास प्रशासन कार्यालयले कुनै जिम्मेवारी लिदैनौं। कृपया बुझिदिनु होस्।
    1. a. यस एकाउन्टमा प्रयोगकर्ताले पोस्ट गरेका कुराहरुको रिप्लाई, रिटुईट आदि
    2. b. प्रयोगकर्तालाई यस एकाउन्टको प्रयोग गरेर अथवा प्रयोग गर्न नपाएर हुने क्षति
    3. c. यस एकाउन्टको माद्यमबाट हुन जाने प्रयोगकर्ता बिचको झै-झगडा अथवा त्यस बाट हुन जाने क्षति
    4. d. यस एकाउन्टको माद्यमबाट हुन जाने प्रयोगकर्ता र तेस्रो पक्षहरू बिचको झै-झगडा अथवा त्यस बाट हुन जाने क्षति

७. निषेधित कुराहरु

यस एकाउन्टमा निम्न कुराहरु निषेधित गरिन्छ।
प्रयोगकर्ताले निम्न कार्यहरु गरेको परिचालन समितिले ठहर गरेमा ब्लक आदि गर्न पनि सक्छ।

  1. व्यक्तिगत जानकारी वा यस सँग सम्बन्धित कुराहरुको पोस्ट वा कमेन्ट जस्ता कार्यहरु
  2. कानुन मन्त्रालय आप्रवास निवासी नियन्त्रण विभाग, स्थानीय आप्रवासन र निवास प्रशासन कार्यालय वा तेस्रो पक्षहरूको सम्मान र विश्वसनीयतामा हानी पुर्याउने कुरा
  3. कानुन मन्त्रालय आप्रवास निवासी नियन्त्रण विभाग, स्थानीय आप्रवासन र निवास प्रशासन कार्यालय वा तेस्रो पक्षहरूको प्रतिलिपि अधिकार, पोर्ट्रेट अधिकार साथै बौद्धिक सम्पत्तिको केहि भाग अथवा पुरै भागको उल्लंघन गर्ने कार्य
  4. कानून, नियम वा सार्वजनिक आदेश र नैतिकता बिपरितका कार्यहरु वा त्यस सँग सम्बन्धित सूचना, फोटो इत्यादि पोस्ट गर्ने कार्य
  5. अन्य प्रयोगकर्ताहरू, तेस्रो पक्षहरू आदि बनेर ठगि गर्ने कार्य
  6. विज्ञापन र प्रचार उद्देश्यका कार्य
  7. यस एकाउन्टमा पोस्ट गरिएको केहि भाग अथवा पुरै भाग को परिमार्जन गर्ने कार्य
  8. यस एकाउन्टमा पोस्ट गरिएको कुराहरु सँग सम्बन्ध नभएको कुराहरु
  9. यस एकाउन्ट परिचालन समितिले अनुपयुक्त ठहर गरेका अन्य कुराहरु

८. लागू

यो परिचालन निति ई. सं. २०२० साल जुलाई २२ तारिकबाट लागू गरिन्छ।

शीर्ष पृष्ठ