सूचना सोधपुछ काउन्टर

आप्रवास निवासी नियन्त्रण विभागले सुरक्षित र भरपर्दो समाज निर्माणको लागि अवैध रूपमा वा भेषमा बस्ने बिदेशीहरु कम गर्नकोलागि सक्रिय रूपमा काम गरिरहेको छ र सर्वसाधारणबाट पनि सूचनाको पनि अपिल गर्दछ।

  • हामीलाई सूचना प्रदान गर्ने व्यक्तिको नाम आदि व्यक्तिगत सूचना वा जानकारीहरू बाहिर लिक हुन नदिन बलियो सेक्युरिटी अपनाउछौ।
  • प्रदान गरिएको सुचनाको सम्बन्धमा अनुसन्धानको स्थितिको बारेमा सोधपुछ भएपनि तेस्को जवाफ दिन सक्षम हुने छैनौं।
  • हामी विदेशी नागरिकहरु माथि लगाइने झूटो आरोपको कडाइका साथ अस्वीकार गर्दछौं।

सूचना प्रदान गर्ने ठाउँ

कृपया हामीलाई सिधै ई-मेल वा नजिकैको स्थानीय इमिग्रेशन अफिसमा सम्पर्क गर्नुहोस्।

* हामी शनिवार, आइतवार र सार्वजनिक बिदाको दिन कार्यालय बन्द हुने हुनाले प्रत्येक्ष भेटेर कुरा गर्न सक्दैनौ। कृपया बुझिदिनुहोस्। टोक्यो इमिग्रेशन ब्यूरो शनिवार, आइतवार, र सार्वजनिक छुट्टिहरुमा( डिसेम्बर २ देखि जनवरी 3 तारिक सम्मको वर्ष अन्त्य र नयाँ वर्ष छुट्टीहरू बाहेक । ) पनि बिहान ९ बजे देखि साँझ ५ बजे सम्म, हामीलाई फोनबाट सम्पर्क सक्नुहुन्छ। फोन नम्बर 03-5796-7256 मा सम्पर्क गर्नुहोस्।

* हामी केवल अवैध रूपमा वा भेषमा बस्ने बिदेशीहरुको जानकारी मात्र स्वीकार गर्नेछौं। अन्य मामिलाहरूको लागि, कृपया हामीलाई कार्यालय खुल्ने दिनमा फेरि फोन गर्नुहोस्।

( नोट ) सूचना प्रदान गर्नुहुने व्यक्तिको मोबाइल फोन को आईपी ठेगाना स्वत: प्राप्त हुनेछ। झुटो आरोपका इ-मेल वा अवैध रूपमा वा भेषमा बस्ने बिदेशीहरु सँग असम्बन्धित इ-मेलहरु बारम्बार पठाउनु निन्दनीय छ र यस्तो ई-मेलहरु पठाउनु भनेको हाम्रो व्यापार परिचालनमा बाधा पुर्याउनु भएको ले यस्तो कार्यको कडा निषेधित गरिन्छ।

  • यस पृष्ठमा रहेको जानकारी सुरक्षित गर्न SSL ( सुरक्षित सॉकेट लेयर ) टेक्नोलोजी द्वारा ईन्क्रिप्शन जस्ता आवश्यक उपायहरू अपनाएका छौं। त्यसकारण, तपाइको कम्प्युटरको वातावरण अनुसार सुरक्षा चेतावनीको स्क्रीन प्रदर्शित हुन पनि सक्छ।
    ( चेतावनीको स्क्रीन प्रदर्शित भएमा, " सरकार प्रमाणीकरण पूर्वाधार ( GPKI ) को परिचय " हेर्नुहोस्। )
  • सूचना लिने ईमेलको प्रयोगमा केहि कुराहरु प्रतिबन्धित छन्। यदि तपाईं यसको प्रयोग गर्न सक्नुहुन्न भने, हामी फोन वा चिठी द्वारा पनि सूचना लिने गर्दछौं।

pdf कागजातहरू हेर्नको लागि,Adobe Readerको आवश्यकता पर्दछं।
यदि सहि रूपमा प्रदर्शित भएन भने कृपया नयाँ संस्करणको प्रयोग गर्नुहोस्।

शीर्ष पृष्ठ