आप्रवास निवासी नियन्त्रण विभागमा कोभिड -19 को संक्रमणको प्रभावले काम बाट बर्खास्त हुन परेको प्राविधिक प्रशिक्षणार्थीहरु, विशिष्ट कौशल विदेशी नागरिकहरू, आदिको जापानमा कामको निरन्तरताको लागि सम्बन्धित मन्त्रालयहरू सँग हातेमालो गरि विशिष्ट औद्योगिक क्षेत्रहरु ( विशेष कौशल प्रणालीको १४ क्षेत्र ) मा पुनः काममा लाग्न सहयोग गर्नुको साथै निश्चित सर्तमा निवास योग्यता " विशिष्ट गतिविधि " प्रदान गरिन्छ र जापानमा रोजगारी कायम गर्न विदेशीहरु लाई सहयोग गर्दछ।
< पुस्तिका यहाँबाट डाउन्लोड गर्न सकिन्छ >
PDF ( जापानिज भाषा )![]() |
PDF (सजिलो जापानीज भाषा) ![]() |
PDF (अंग्रेजी भाषा)![]() |
PDF (नेपाली)![]() |
(१) कोभिड -19 संक्रमणको प्रभावले गर्दा, स्वीकार्ने संस्था वा स्वीकार्ने संस्थाको व्यवस्थापन स्थिति नराम्रो भएमा, (कम्पनी डुब्नु, कर्मचारी कटौती, भाडा निलम्बन, हाइरिङ स्टप, आदि), आदि, आफ्नो कारण नभई सम्बन्धित संस्थामा काम गर्न नसकी, अहिले भएको निवास योग्यताले जापानमा निरन्तर रहन मुस्किल पर्ने विदेशी नागरिक
( नोट ) निम्न व्यक्तिहरू जो आफ्नो हालको निवास स्थितिसँग सम्बन्धित गतिविधिहरू गर्न असमर्थ छन्।
( २ ) योजना गरेको कौशल प्रशिक्षण पुरा गरेको विद्यार्थीमा कोभिड -19 संक्रमणको फैलावटको कारण विमानस्थल बन्द वा हिडडुल आदिमा प्रतिबन्धको कारण, स्वदेश फिर्ती उडानको सुरक्षित गर्ने वा गृह देशको आफ्नो घरमा फर्कनको लागि कठिनाइ भएको विदेशी नागरिक ( ई. सं. २०२०साल सेप्टेम्बर ७ तारिकमा नयाँ लक्षितको रुपमा निर्धारण गरियो।)
* ( १ ) र ( २ ) को कुनै पनि केसमा, विशिष्ट कौशलको कामका लागि आवश्यक सीपहरू प्राप्त गर्नको लागि केवल उनीहरूको निवास जारी राख्न चाहनेहरूमा मात्र सिमित हुन्छ।
* यो उपायले 1 बर्ष बसेको व्यक्ति भएतापनि आफ्नो देश फर्कन कठिनाइ भएको अवस्थामा मात्र बसाइ अवधि नवीकरण गर्न सम्भव छ। तर, उपलब्ध गराइने बसाइ अवधि अधिकतम 6 महिनाको हुनेछ ।
विदेशी नागरिक लाई स्वीकार गर्ने नयाँ संस्था ( विशिष्ट कौशल प्रणालीको १४ क्षेत्रमा सिमित ) सँग रोजगार सम्झौता गरिसके पछि, निम्न कागजातहरूको साथ विदेशी नागरिकको निवास स्थानको क्षेत्राधिकार भएको नजिकको स्थानीय आप्रवासन ब्यूरो ( ब्रान्च, शाखा कार्यालयहरू सहित) मा " विशिष्ट गतिविधि " निवास योग्यता परिवर्तनको आवेदन दिनुहोस्।
( नोट १ ) निर्दिष्ट औद्योगिक क्षेत्र मध्ये, तीन क्षेत्रहरु ( सामग्री उद्योग, औद्योगिक मेशिन निर्माण उद्योग, विधुतीय / इलेक्ट्रोनिक सूचना सम्बन्धी उद्योग ) मा पुन: रोजगार गर्न अनुमति दिईएका व्यक्तिले ती तीन क्षेत्रहरुमा सक्रिय भएर काम गरिरहेको विदेशी नागरिक तथा सम्बन्धित तिन क्षेत्र कौशल प्रशिक्षण २ नम्बर सकुशल समाप्त भएको भनेर मानिन्छ र परीक्षा नदिएपनि हुने क्षेत्र / काम को कौशल प्रशिक्षण गरिरहेका विद्यार्थीहरुले त्यो गतिविधि गरिरहेको अवस्थामा बरखास्त गरियो वा स्वदेश फर्कन मुस्किल परेको व्यक्तिमा मात्रै सिमित हुन्छ।
( नोट २ ) नयाँ स्वीकार गर्ने जापान मा स्वीकार गर्ने एजेन्सीएजेन्सी सँग रोजगार सम्झौता सँग सम्बन्धित समर्थन चाहानु हुन्छ भने, कृपया निम्न < रोजगार सम्झौता सँग सम्बन्धित म्याचिंग समर्थन > मा हेर्नुहोस्।
( नोट ३ ) " विशिष्ट गतिविधिहरू (अधिकतम १ बर्ष, कामका लागि अनुमति दिइएको ) " मा परिवर्तन गर्न अनुमति प्राप्त गरेका व्यक्तिको लागि, त्यस पछि स्वीकार गर्ने संस्थामा स्वीकार गर्न जारी गर्न गाह्रो भयो भने, " स्वीकृति कठिनाइको रिपोर्ट " नजिकको स्थानीय आप्रवासन ब्यूरो / शाखा कार्यालयमा तुरुन्त पठाउनुहोस्।
निवास योग्यता परिवर्तन गर्न अनुमतिको लागि आवेदन दिनु अघि, तपाईले विदेशी र नयाँ स्वीकार गर्ने एजेन्सी बीचको रोजगारी सम्झौताको कागजपत्र गर्नु आवश्यक छ।
आप्रवास निवासी नियन्त्रण विभागले यो रोजगार सम्झौता सहज बन्ने कुरा लाई उद्देश्य राखेर सम्बन्धित मन्त्रालयहरू सँग हातेमालो गरि विशिष्ट औद्योगिक क्षेत्रहरूमा रोजगारका लागि समर्थनको रूपमा रोजगार सम्झौताको लागि मिल्दो समर्थन प्रदान गर्दछ, त्यसैले कृपया यसको प्रयोग गर्नुहोस्।
यदि समर्थन प्राप्त नगरी नयाँ स्वीकार गर्ने एजेन्सी सँग रोजगार सम्झौता गर्नुभयो भने पनि, तपाइँलाई आफ्नो निवास स्थान " विशेष गतिविधिहरू " मा परिवर्तन गर्न अनुमति दिनेछ।
यदि तपाइँ म्याचिंग समर्थनको चाहना राख्नु हुन्छ भने, " व्यक्तिगत जानकारीको ह्यान्डलिंग सम्झौता पत्र " ( यस वेबसाइटमा पोष्ट गरिएको ) अध्यागमन नियन्त्रण एजेन्सीमा पेस गरि, आफूले चाहेको विशेष उद्योग क्षेत्रको कम्पनीमा पुनः रोजगार पाउन को लागि मद्दत लिन सक्नुहुन्छ।
विस्तृत रुपमा आप्रवास निवासी नियन्त्रण विभागमा " व्यक्तिगत जानकारीको संचालन सम्झौता " मा लेखिएको विदेशी नागरिकको जानकारी सम्बन्धित मन्त्रालय वा अन्चल, जिल्ला प्रसासन आदि सम्बन्धित संस्था लाई प्रदान गरि, त्यसको परिणाम स्वरुप चाहना राख्ने विशेष औद्योगिक क्षेत्रमा भर्ती खोलिएको छ र भर्ती गराउन इक्षुक् कम्पनी पनि छ भने, सम्बन्धित कम्पनि,रोजगार परिचय एजेन्सी, इत्यादि बाट सम्झौता पत्रमा लेखिएको सम्पर्क ठेगानामा सम्पर्क गरेर पुन: कार्यरत हुन सक्नु हुनेछ।
< सहमति फारम पठाउने ठेगाना >
* समर्थनको प्रवाहको लागी, कृपया यो वेबसाइट सँग जोडिएको " सारांश " सामग्रीको " रोजगार मर्मत सहयोग इमेज " पनि हेर्नुहोस्।
* हालको निवास योग्यताको आधारमा सहमति फारम बुझाउने सम्बन्धमा केहि सावधानीहरू छन्। विवरणहरूको लागि, कृपया तल ( २ ) को " [ व्यक्तिगत जानकारी ह्यान्डलिंग सम्बन्धि सम्झौता ] पेस गर्ने सम्बन्धि जानकारी " मा हेर्नुहोस् ।
< गाइड सामग्री >
< पेश्की सामाग्री >
WORD (अंग्रेजी भाषा)![]() |
WORD (नेपाली भाषा)![]() |
प्रयोग गर्ने वातावरण अनुसार प्रत्येक भाषामा सही तरीकाले प्रदर्शन नहुन पनि सक्ने भएकोल कृपया नोट गर्नुहोस्।
PDF (अंग्रेजी भाषा)![]() |
PDF (नेपाली)![]() |
म्याचिंग समर्थन गर्न चाहने विदेशीहरूको जानकारी पठाउने ठेगानाको बारेमा लेखिएको छ।
सम्बन्धित विदेशी नागरिक लाई जागिर दिन चाहने व्यवसायीले रोजगार खोजीकर्ता जानकारी पठाउने ठेगानाको बिभिन्न संस्थाहरुमा सम्पर्क गर्नुहोला।
रोजगार खोजीकर्ताको जानकारी पठाउने ठेगानाको सूचीको लागि यहाँ क्लिक गर्नुहोस्
रोजगारी कायम सहयोगका लागि योग्य रहेका विदेशी नागरिक लाई रोजगार दिन चाहने व्यवसायहरूको जानकारी राखिएको छ।
रोजगारी कायम समर्थन प्रणाली प्रयोग गरेर जापानमा काम गर्न चाहाने विदेशी नागरिकले, प्रत्येक व्यवसायी अपरेटरलाई सम्पर्क गर्नुहोस्।
भर्ती जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्
यदि तपाइँ एक व्यवसाय अपरेटर हो जो रोजगार जानकारी पोष्ट गर्न चाहानुहुन्छ भने, कृपया दर्ता फारम भर्नुहोस् र ईमेल मार्फत तलको ठेगानामा पठाउनुहोस्।