बायो कार्टको परिचालनको बारेमा (सूचना)

बायो कार्टको परिचय (इ.सं. २०१८ साल, मे १ तारिक बाट १७ एयरपोर्टमा संचालित)

आप्रवास निवासी नियन्त्रण विभागमा (इ.सं. २०१८ साल, अक्टुबर १ तारिक बाट अवतरण जाँच गर्न पर्खने समयको उपयोग गरेर पहिलेनै व्यक्तिगत पहिचान जानकारी (नोट १) संकलन गर्नको लागि (बायो कार्ट) को परिचालन गरेको र, (इ.सं. २०२० साल, फेब्रुअरी १ तारिक सम्ममा २० वोटा एयरपोर्टमा संचालन गरिरहेको छ।

  • (नोट १) (इ.सं. २००७ साल, नोभेम्बर २० तारिक देखि, अवतरण गर्ने आवेदक र पासपोर्ट धारकको पहिचान पुष्टि गर्न र जापानको अध्यागमन ब्यूरोले निगरानी गरेको व्यक्तिको सूचीको साथ थप सही र छिटो चाँडो काम गर्नको लागि, जापानमा अवतरण गर्न खोज्ने व्यक्तिको व्यक्तिगत पहिचान जानकारी प्रदान गर्न बाध्य गरिएको छ।
    यद्यपि, विशेष स्थायी बासिन्दा, १६ वर्ष भन्दा कम उमेरका व्यक्तिहरू र राष्ट्रिय प्रशासनिक एजेन्सीको प्रमुख द्वारा आमन्त्रित व्यक्तिहरूलाई व्यक्तिगत पहिचान जानकारी प्रदान गर्ने दायित्वबाट मुक्त गरिएको छ।
  • (नोट २) सिन चोतोसे, आसाहीखावा, हानेदा, नारिता, कोमाचु, सिज़ुओका, खान्साई, हिरोसिमा, थाकामाचु, फुकुओका, किताक्यूस्यू सागा, खुमामोतो, ओईता, मियाजाकि, खागोसिमा, नाहाको १८ वोटा एयरपोर्ट तथा, हाकाता, हिताखाचु दुई बन्दरगाह
बायो कार्ट

प्रयोगमा ल्याउनुको उद्देश्य

हिजो आज, जापानमा भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढ्दै गरेको र, विभिन्न एयरपोर्टमा अवतरण जाँचमा लाग्ने समय छोटो बनाउन, अहिले सम्म, अवतरण जाँच बुथ बाट अध्यागमन अधिकारीले गरिरहेको [अवतरण आवेदकको व्यक्तिगत पहिचान जानकारी (औंठाछाप र अनुहारको फोटो) लिने काम] जाँच मेसिन भन्दा छुट्टै समर्पित उपकरण (बायो कार्ट) को प्रयोग गरेर अवतरण आवेदकको पर्खने समयमा व्यक्तिगत पहिचान जानकारी पहिले नै संकलन गर्नाले, अवतरण जाँच बुथमा प्रक्रियाहरु छिटो छरितो हुने र विदेशी पर्यटकको अध्यागमन प्रक्रिया छिटो र सरल गर्ने उद्देश्य राखिएको छ।

बायो कार्ड प्रयोगमा ल्याए पछिको अवतरण परीक्षा जाँच गर्ने ठाँउ

बायो कार्ट परिचालन पछिको अवतरण जाँच गर्ने ठाँउ(इमेज नक्सा)

विदेशी नागरिकको प्रतिमा विदेशी नागरिक अध्यागमन अधिकारीको प्रतिमा अध्यागमन अधिकारी चलाउन सहयोग गर्ने व्यक्तिको प्रतिमा चलाउन सहयोगकर्ता

पहिलो चरण: बायो कार्ट

  • औंठाछाप र अनुहारको तस्बिरहरूको प्रदान

दोस्रो चरण : परीक्षा बुथ

  • ED कार्ड सूचनाहरुको पुष्टिकरण
  • औंठाछाप / अनुहार छवि प्रमाणिकरण परिणाम चेक
  • अवतरण सर्त अनुरूप पुष्टि
  • अवतरण अनुमति

बायो कार्ट परिचालन पछि परीक्षा प्रक्रिया

बायो कार्ट / पासपोर्टको जानकारी दिनको लागि मार्गदर्शन

  1. चालाउन सहयोगकर्ता (*) बायो कार्टको पासपोर्ट रिडरको अगाडि उभिएर, अवतरण आवेदकलाई बायो कार्ट क्यामेरा र औठाछाप लगाउने उपकरणको अगाडि मार्गदर्शन गर्दछ।)

    * "चलाउन सहयोगकर्ता" भनेको अवतरण आवेदक लाई बायो कार्टको प्रयोग गरेर व्यक्तिगत पहिचान जानकारी संचालनमा सहयोग पुर्‍याउँने अवतरण आवेदकले व्यक्तिगत पहिचान जानकारी (औठाछाप र अनुहार फोटो) प्रदान गर्न बायो कार्ट प्रयोग गर्दछ।

  2. चलाउन सहयोगकर्ताले अवतरण आवेदक बाट पासपोर्ट प्राप्त गरेर पासपोर्ट रिडरमा पासपोर्टको जानकारी रिड गराउछ।
तम्तयार स्क्रिन

औंठाछाप दिने

अवतरण आवेदकले, औंठाछाप प्राप्ति उपकरणको स्क्यानर माथि दुबै चोर औला राखि, औंठाछाप प्रदान गर्दछ।

* यदि तपाईको औंलाहरू एकदम सुख्खाका कारण स्क्यानरमा औंठाछाप प्रदान गर्न सक्नु भएन भने, व्हीलचेयर प्रयोग गरिरहेको आदि, बायो कार्ट प्रयोग गरेर छिटो छारितो औंठाछाप प्रदान गर्न असमर्थ भएको अवस्थामा, अवतरण जाँच बुथमा, सहयोग पाउन सक्नु हुन्छ।

औंठाछाप प्रदान स्क्रिन

अनुहारको फोटो प्रदान

अनुहारको फोटो लिने क्यामेराले अवतरण आवेदकको अनुहारको फोटो प्रदान गर्ने।

*औंठाछाप र अनुहारको फोटो प्रदान गरे पछि, अवतरण परीक्षा बुथको अगाडि बढ्नुहोस् र अध्यागमन निरीक्षकले व्यक्तिगत पहिचान जानकारी जाँचको परिणामको पुष्टि गर्नेछन् र आगमनको उद्देश्य आदि सुन्नेछन् र आवश्यक परीक्षा प्रक्रिया गर्नेछन्। ।

अनुहारको फोटो प्रदान गर्ने स्क्रीन
शीर्ष पृष्ठ