आप्रवास निवासी नियन्त्रण विभागमा, जापानी नागरिकको जापान छोड्ने अथवा जापान आउने बेलाको प्रक्रियाको सम्बन्धमा अनुहार पहिचान गेटको बारेमा इ.सं. २०१९ साल जुलाई २४ तारिकमा हानेदा एयरपोर्ट बाट सुरु भई, नारिता एयरपोर्ट, खान्साई एयरपोर्ट, फुकुओका एयरपोर्ट, च्युबू एयरपोर्ट, सिन चितोसे एयरपोर्ट तथा नाहा एयरपोर्टमा क्रमिकरुपले अनुहार पहिचान गेटको विदेशी नागरिकको प्रस्थान प्रक्रियाको उपयोग सुरु गर्ने योजना छ। विस्तृत तालिकाको लागि कृपया माथिको "अनुहार पहिचान गेट (इ.सं.२०१९ साल ) [PDF]" मा हेर्नुहोस्।
अनुहार पहिचान गेट प्रयोग गर्नको लागि, पहिले दर्ता प्रक्रिया गर्न आवश्यक पर्दैन।
साथै, जापानीज नागरिकको प्रस्थान प्रक्रियाको सम्बन्धमा, पहिला जस्तै प्रयोग गर्न सक्नुहुनेछ।
जापान लाई पर्यटन उन्मुख देश बनाउनको लागि, जापान भ्रमण गर्ने पर्यटकको संख्या २०२० सालमा ४ करोड, २०३० सालमा ६ करोड बनाउने उद्देश्यका साथ विभिन्न प्रयासहरु भइरहेको छ। अनुहार पहिचान टेक्नोलोजीको उपयोग गरेर जापानी नागरिकको प्रस्थान र फिर्ती प्रक्रियाहरू र विदेशी नागरिकको प्रस्थान प्रक्रियाहरू लाई उचित बनाई, धेरै अध्यागमन अधिकारी लाई विदेशी नागरिकको चेक जाँच गर्नको लागि खटाएर, कडाइका साथ चेक जाँच लाई कायम राख्दै, यसलाई थप सजिलो बनाउने उद्देश्य राखेको छ।
अनुहार पहिचान गेटमा, IC पासपोर्टको IC चिप भित्रको अनुहारको फोटो र अनुहार पहिचान गेटको क्यामेराले खिचिएको अनुहारको फोटो सँग तुलना गरेर परिचय प्रमाणित गर्दछ। तुलना गरेर पहिचान प्रमाणीकरण पूरा भई, कुनै समस्या भएन भने, गेट बाट पार गर्न सकिन्छ। यदि तपाईंले अनुहार पहिचान गेट प्रयोग गर्नु भयो भने, तपाईंले इमिग्रेशन इन्स्पेक्टरबाट तपाईंको राहदानीमा टास्ने टिकट लिन आवश्यक पर्दैन।
(नोट) टिकटहरूको बारेमा
पासपोर्टमा स्ट्याम्प (सील) टाँसिने छैन।
स्ट्याम्प (सील)को आवश्यकता परेमा, अनुहार पहिचान गेट पार गरे पछि, प्रस्थान प्रक्रिया गर्ने बेलामा विमान बोर्डिङ अघि, जापान फर्कने बेलामा, अनुहार पहिचान गेट पछाडि पर्खिरहेका कर्मचारीहरू वा भन्सार निरीक्षण अघिका परीक्षण कार्यालयको कर्मचारी लाई सम्पर्क गर्नुहोस्।
कृपया नोट गर्नुहोस् कि माथिको कुराहरु भैसकेपछि हामी तपाईंको राहदानीमा टिकटहरू (सील) को लागि आवेदनहरू स्वीकार गर्न सक्षम हुनेछैनौं। यदि तपाई लाई प्रस्थान/प्रवेस (स्वदेश फिर्ती) रेकर्ड आवश्यक छ भने, कृपया प्रस्थान/प्रवेस (स्वदेश फिर्ती) रेकर्डको प्रकटीकरण अनुरोध गर्नको लागि प्रक्रिया (प्रक्रियाको लागि मार्गनिर्देशन गर्ने पृष्ठमा जानुहोस्) को अनुसरण गर्नुहोस्।
यद्यपि, प्रस्थान/प्रवेस (स्वदेश फिर्ती) को प्रमाणपत्र तुरुन्तै चाहिने निम्न कारणहरु भएमा, प्रस्थान / फिर्ताको प्रक्रिया गरेको स्थानीय अध्यागमन कार्यालयमा सम्पर्क गर्नुहोस्।
(नोट) अनुहारको फोटोको बारेमा
अनुहार पहिचान गेटमा लिइएको अनुहारको तस्विर पहिचान प्रमाणित गर्नका लागि मात्र प्रयोग गरिन्छ र बचत गरेर राखिदैन।
डिस्प्लेको निर्देशनहरू अनुसरण गरि, सामान्य चलाई बाट जापान फर्कने प्रक्रिया पूरा गर्न सक्नु हुनेछ।
पासपोर्ट रिडर
निलो LED झिमिक झिमिक बलेको छ भने, पासपोर्ट रिडर लाई, IC पासपोर्ट खोलेर फोटो भएको पेज लाई पछाडी फर्काएर, मेशिनमा राख्यो भने, स्वचालित रुपमा IC पासपोर्टको जानकारी पढ्छ।
अनुहारको फोटोको प्रधान
अनुहार पहिचान गेटमा राखिएको क्यामेराले अनुहारको फोटो लिनुहोस्। फोटो खिचेर सकिने बेला सम्म सिधा अगाडी फर्केर रोकिनुहोस्।
(नोट) टोपी, मास्क र कालो चस्मा हटाउनुहोस्। साथै, यदि अगाडिको कपाल तपाईंको आँखा सम्म आइपुगेको छ भने, यसले अवरोध गर्न सक्दछ।
गेटको ढोकाबाट पार गर्दै
अनुहार पहिचान प्रक्रिया पूरा भएको छ र कुनै समस्याहरू छैनन् भने, गेट खुल्नेछ र तपाई यस मार्फत जान सक्नुहुन्छ। यदि तपाईले अनुहार पहिचान गेट प्रयोग गर्नुभयो भने, तपाईलाई अध्यागमन निरीक्षकबाट स्ट्याम्प प्राप्त गर्न आवश्यक पर्दैन। यदि तपाइँ ट्याम्प चाहानु हुन्छ भने कृपया नजिकको स्टाफ लाई सम्पर्क गर्नुहोस्।