
यो ट्रष्टेड भिजिटर प्रोग्राम (TTP) को लागि दर्ता र प्रयोग प्रक्रियाहरूको मार्गदर्शनको उद्देश्यका साथ अध्यागमन र निवास सामान्य प्रशासन द्वारा सन्चालित वेबसाइट हो।
विश्वसनीय यात्री कार्यक्रम (TTP) के हो?
विश्वसनीय यात्री कार्यक्रम (TTP) भनेको बिजिनेस, यात्रा, आफन्तहरु सँग भेटघाट गर्ने उद्देश्यले छोटो समयको लागि जापानमा आउनुहुने बिजिनेस म्यान, यात्री तथा उनीहरुको परिवारहरु, जसले निश्चित सर्तहरू पूरा गरि " विश्वसनीय ट्राभलर ( विश्वसनीय यात्री ) " को रुपमा मान्यता प्राप्त गरेको हुन्छ त्यो बिदेशी नागरिकले अध्यागमन र निवास प्रशासन द्वारा जारी " पंजीकृत प्रयोगकर्ता कार्ड " द्वारा स्वचालित गेट ( नोट ) को प्रयोग गर्न सकिने प्रणाली हो।
( नोट ) स्वचालित गेटहरू हाल नारिता , हानेदा , च्युबू र खान्साई एयरपोर्टहरूको चेक अवतरण र प्रस्थान जाँच क्षेत्रहरूमा अवस्थित छन्।
विश्वसनीय यात्री कार्यक्रम (TTP) को फाइदा
विश्वसनीय यात्री कार्यक्रम (TTP) को प्रयोग कर्ताको रुपमा रजिष्ट्रेसन स्वीकार्य भएको विदेशी नागरिकहरू बिशेस रजिस्ट्रेसन कार्डको प्रयोग गरि स्वचालित प्रवेश द्वारको प्रयोग गर्न सकिने हुनुको साथै, छानबिन बुथमा हुने अध्यागमन अधिकारीको प्रत्यक्ष छानबिन नगरी, सजिलै अध्यागमन को प्रक्रिया पुरागर्न सकिने छ्।
विश्वसनीय यात्री कार्यक्रम (TTP) को लागी आवेदन दिन चाहने व्यक्तिहरुको लागि
पहिला जाँच गरि रजिस्टरका सर्तहरु पुरा गर्न सकिन्छ कि सकिदैन चेक गर्नुहोस्।
विदेशी आवासीय सूचना केन्द्र
Tel. 0570-013904
03-5796-7112 ( सेलफोन / PHS / विदेशी कलको लागि )
सम्पर्क समय : शनिबार,आइतबार बाहेक ८:३० ~ १७:१५ ( जापानी समय )
ई-मेल info-tokyo@i.moj.go.jp ( 24 घण्टा 365 दिन सम्पर्क गर्न सक्नुहुन्छ )
अथवा, नजिकको अध्यागमन र निवास विभागमा सम्पर्क गर्नुहोस्।
विशिष्ट रेजिष्ट्रेन्ट सूचना प्रणाली मद्दत डेस्क
ई-मेलttp_support@support.jp.nec.com ( 24 घण्टा 365 दिन सम्पर्क गर्न सक्नुहुन्छ )
ई-मेल द्वारा सोधपुछ गर्दा, कृपया याट्याच फाईलहरू नपठाउनुहोस्। कृपया याद गर्नुहोस् कि याट्याच फाईलहरु पठाउनु भए पनि चेक गर्न सकिदैन।