विदेशी निवासी सहायता केन्द्र (FRESC/फ्रेक्स) ले जापानमा बसोबास गरी विभिन्न गतिविधिहरूमा सक्रिय रहेका विदेशी नागरिकहरूलाई निवास सहयोग गर्ने सरकारी काउन्टरहरू सिनज्युकु सहर योचुया स्टेसन अगाडि भएको "कोमोरे योचुया (CO・MO・RE YOTSUYA)" भवनमा जम्मा गरी, विदेशी नागरिकहरूलाई आवश्यक परामर्श सेवा, विदेशी नागरिकहरूलाई रोजगारी दिन चाहने कम्पनीलाई सहयोग र विदेशी नागरिकहरूलाई सहयोग गर्ने काम गरिरहेका स्थानीय सार्वजनिक निकायलाई सहयोग गर्ने जस्ता कामहरू गरिरहेको छ।
विदेशी निवासी सहायता केन्द्र (FRESC) ले यस केन्द्रमा भएका सम्बन्धित निकायहरूसँग समन्वय गरी विदेशी नागरिकहरूको बसोबाससँग सम्बन्धित विभिन्न सहयोग नीतिहरूको कार्यान्वयन गरेर विदेशी नागरिकहरू स्वीकार गर्ने वातावरणलाई व्यवस्थित गरिरहेको छ।
मार्च 17 तारिख | होमपेज नवीकरण गरिएको छ। |
---|---|
2021 साल डिसेम्बर 3 तारिख | टोक्यो इमिग्रेशन ब्यूरोको निवासी परामर्श (प्रत्यक्ष भेट वा अनलाइन) को जानकारी राखिएको छ। |
2021 साल जुलाई 20 तारिख | FRESC सहायता डेस्कको पर्चा (बहुभाषी संस्करण) संशोधन गरियो। |
2021 साल जुलाई 1 तारिख | FRESC सहायता डेस्कमा सेवा उपलब्ध भाषाहरूको संख्या 18 भाषाहरू भयो। |
2021 साल जुलाई 1 तारिख | FRESC सहायता डेस्कको पर्चा (सजिलो जापानिज भाषा संस्करण) संशोधन गरियो। |
2021 साल फेब्रुअरी 17 तारिख | FRESC सहायता केंद्रको पमफ्लेट (सरल जापानिज भाषा संस्करणमा ) सुधार गरिएको छ। |
2020 साल अक्टोबर 13 तारिख | FRESC सहायता डेस्कको प्रयोग गर्ने तरिकाको [इमेज] पोस्ट गरिएको छ। |
2020 साल सेप्टेम्बर 18 तारिख | न्याय मन्त्रालय YouTube च्यानलमा FRESC परिचय भिडियो पोष्ट गरिएको छ।![]() * पृष्ठको तल पोस्ट गरियो। |
2020 साल सेप्टेम्बर 4 तारिख | FRESC सहायता डेस्कको पर्चा (बहुभाषी संस्करण) थपियो। |
2020 साल अगस्ट 24 तारिख | सेप्टेम्बर 1 तारिक (मंगलबार) FRESC सहायता डेस्कको स्थापना गरियो। |
2020 साल जुलाई 31 तारिख | होम पेज अपडेट गरिएको छ। |
2020 साल जुलाई 6 तारिख | विदेशी आवासीय समर्थन केन्द्रको उद्घाटन समारोहको आयोजना गरियो। |
FRESC (विदेशी निवासी सहायता केन्द्र) मा FRESC भित्रका विभिन्न निकायहरूसँग मिलेर तपाईंलाई परेका समस्याहरू सुनेर समाधानमा मद्दत पुग्ने मार्गहरू देखाइन्छ।
FRESC (विदेशी निवासी सहायता केन्द्र) भनेको जापानमा बसोबास गरी विभिन्न गतिविधिहरूमा सक्रिय रहेका सम्पूर्ण विदेशी नागरिकहरूलाई मद्दत गर्ने निकाय हो। विदेशी नागरिकहरूले विभिन्न क्षेत्रका समस्याहरूबारे सम्बन्धित निकायहरूसँग छुट्टाछुट्टै परामर्श लिइरहनुभएको छ। तर FRESC मा 4 मन्त्रालय र 8 निकायहरू एकै तलामा जम्मा भएका छन् र यी मन्त्रालय र निकायहरूले एकअर्कासँग समन्वय गरी, एकै तलामा सम्पूर्ण विदेशी नागरिकहरूलाई विस्तृत परामर्श सेवा प्रदान गर्दछन्। संकोच नमानीकन परामर्श गर्न आउनुहोस्। साथै विदेशी नागरिकहरूलाई रोजगारी दिन चाहने कम्पनीहरूको सहयोग आदि पनि गरिन्छ।
उदाहरणको लागि...
विदेशी नागरिकलाई रोजगार दिइरहनुभएका अथवा सहयोग गरिरहनुभएका सम्पूर्णको लागि
FRESC मा 4 मन्त्रालय र 8 निकायहरूले एकै तलामा निवास योग्यता नवीकरण वा परिवर्तन, श्रम सम्बन्धित कानुन, VISA प्राप्ति र जापान प्रवेश प्रक्रिया, कानुनी समस्या, मानव अधिकार आदिसँग सम्बन्धित परामर्श, उन्नत विदेशी म्यान पावर र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको स्वीकृति वातावरणको प्रवर्द्धन तथा रोजगार सहयोग स्वीकृति प्रवर्द्धन आदि गरिरहेका छन्।
केन्द्रमा भएको प्रत्येक निकायले एकअर्कासँग समन्वय र सहकार्य गर्ने हुनाले, परामर्श विवरण अनुसार केन्द्रमा भएका बहुसंख्य निकायहरू एकै ठाउँमा जम्मा भई परामर्श दिने र त्यो भन्दा पहिले परामर्श लिएको केन्द्रमा भएको अन्य निकायहरूबाट बाँकी कामको जिम्मा वा जानकारी लिन सकिने हुनाले परामर्श लिने व्यक्तिको भार कम गर्न सकिन्छ।
साथै उन्नत विदेशी म्यान पावरको उपयोग गर्ने साना र मध्यम आकारका उद्यमीहरूलाई सहयोग सेवा आदि पनि प्रदान गरिन्छ (जापान ट्रेड प्रमोशन संगठन)।
[नावी डायल 0570-011000 7 नम्बर थिच्नुहोस्]
FRESC भित्रका निकायहरू एकै ठाउँमा जम्मा भई उचित रूपमा बाँकी कामको जिम्मा वा जानकारी हस्तान्तरण गरी तपाईंको समस्याहरू सुनेर समाधानमा मद्दत पुग्ने मार्गहरू देखाइन्छ।
एकै ठाउँमा जम्मा हुने (उदाहरण)
![]() |
![]() |
![]() |
![]() |
![]() |
FRESC टोक्यो अध्यागमनमा फोनद्वारा परामर्शको लागि नाम लेाखाउने | ・समस्या वर्गीकरण ・एकै ठाउँमा जम्मा हुन अनुरोध |
FRESC भित्रका सम्बन्धित निकायहरू एकै ठाउँमा जम्मा हुने जिम्मेवारी विभाजन गरेर समस्या सुनेर समाधानमा मद्दत पुग्ने मार्गहरू देखाइन्छ |
बाँकी कामको जिम्मा वा जानकारी हस्तान्तरण (उदाहरण)
![]() |
![]() |
![]() |
![]() |
![]() |
FRESC टोक्यो अध्यागमनमा फोनद्वारा परामर्शको लागि नाम लेाखाउने | ・समस्या वर्गीकरण ・बाँकी कामको जिम्मा वा जानकारी हस्तान्तरण |
FRESC भित्रका सम्बन्धित निकायहरूसँग परामर्श समाधानमा मद्दत पुग्ने मार्गहरू देखाइन्छ |
टोक्यो इमिग्रेशन ब्यूरोले जापानमा बसोबास गर्ने विदेशीहरू र विदेशीहरूलाई रोजगार दिन चाहने व्यावसायसँग सम्बन्धित व्यक्तिहरू आदिलाई रिजर्भेसन प्रणाली अनुसार व्यक्तिगत परामर्श प्रदान गर्दै आइरहेको छ।
प्रत्यक्ष भेट (FRESC मा प्रत्यक्ष आएर परामर्श) र अनलाइन मध्येबाट कुनै एक परामर्श विधि चयन गर्न सकिन्छ।
विदेशी आवासीय समर्थन केन्द्र (FRESC)
फोन नम्बर
नावी डायल 0570-011000 (विदेश वा केही IP फोनबाट सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोस्)
Yotsuya Tower 13F, 1-6-1 Yotsuya, Shinjuku-ku, Tokyo 160-0004
खुला समय: 9:00~17:00 *शनिबार, आइतबार, सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य तथा सुरुको अवधिमा बन्द रहनेछ